News Portal

  • एनआईसी एशिया बैंकको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ स्थापना

    आर्थीकसंसार संवाददाता४ भदौ, २०७७
    ७५८ पटक
    ४ भदौ, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंकिङ्ग सेवा प्रदान गर्न सीमित शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकले बिहिवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तथा शुक्रवार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सीमित शाखाहरूमार्फत अत्यावश्यक बैंकिङ्ग सेवा दिनेछ । उक्त सेवा दिने शाखाहरूको जानकारी दैनिक रुपमा बैंकको वेबसाइट www.nicasiabank.com तथा सामाजिक सञ्जालमार्फत गराइने बैकले जनाएको छ ।
    यस परिस्थितिका बीच बैंकले आफ्ना सेवासम्बन्धी जानकारी दिन, गुनासो सुन्न एवं ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकतालाई हरसम्भव सम्बोधन गर्नका निम्ति केन्द्र एवं प्रदेशस्तरमा ‘डिजिटल ग्राहक सहायता केन्द्र’को व्यवस्था गरेको छ । ग्राहकलाई विशिष्टिकृत सेवा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, HELP टाइप गरी ३४४८८ मा एसएमएस, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८५११०४१६९ मा सिधा सम्पर्क गर्न बैंकले भनेको छ ।
    साथै ग्राहकले विभिन्न खालका बैंकिङ्ग गतिविधिहरू गर्दा आइपर्न सक्ने समस्यालाई ध्यानमा राख्दै बैंकले निम्नलिखित ‘डिजिटल ग्राहक सहायता केन्द्र’को व्यवस्था गरेको छः

    केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने भएकाले बैंकले केन्द्रीयको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ लाई सोच बदलेर प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैङ्कको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत कर्मचारीसहितको ‘डिजिटल ग्राहक सहायता केन्द्र’को व्यवस्था गरेको छ । यस्ता प्रादेशिक एवं उपप्रादेशिक तहको ‘डिजिटल ग्राहक सहायता केन्द्र’को विवरण बैंकले आफ्नो वेबसाइट www.nicasiabank.com मा अध्यावधिक गरेको छ ।

     

     

    प्रतिकृया दिनुहोस्