काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले ऋणीबाट लिने कर्जाको व्याजदर स्थिर बनाउने राष्ट्र बैंकको तयारी रहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुले लिने कर्जाको व्याजदर स्थिर बनाउने तयारी गरेको बताएका हुन् ।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको भच्र्युअल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘मौद्रिक नीतिको स्थायित्व, सहज वित्तीय प्रणालीको विकास, विद्युतीय भुक्तानीको प्रोत्साहन, वित्तीय प्रणालीलाई सुरक्षित र सहज र वित्तीय पहुँचमा हामी गम्भीर र सचेत छौं, हामीले यी विविध पक्षहरुलाई अध्ययन गरेर बैंकहरुले लिने कर्जाको व्याजदर स्टेवल बनाउने तयारी गरेका छौं,’ उनले भने । यस्तै, उनले व्याजदर सँगै तरलता स्टेवल गर्नेबारे पनि राष्ट्र बैंक तयारीमा लागेको बताए । आउने सातादेखि मौद्रिक नीतिको हाम्रो छलफल जुट्ने जानकारी गराउँदै उनले मौद्रिक नीतिमार्फत पुनर्कर्जाको पनि निरन्तरता हुने जानकारी गराए ।
‘बजेटमा व्यवस्था भएअनुसार मौद्रिक नीतिमा अझै पनि पुनकर्जाको व्यवस्था गर्नेछौं, तर कतिसम्मको गर्ने गर्ने भन्नेबारे भने छलफल गर्दैछौं, अर्थतन्त्र पुनरुत्थानका लागि हामी लागी परेका छौं,’ उनले भने ।
कार्यक्रममा उनले व्यवसायिक सहुलियत कर्जा, शैक्षिक प्रमाणपत्र धितो राखेर दिइने कर्जाका लागि पनि राष्ट्र बैंक बैंक वित्तीय संस्थाहरुसँग सहकार्य तथा समन्वय गरेर अगाडि बढिरहेको बताए । यसबारे निश्चित प्रावधानहरु सार्वजनिक गरेर कर्जा प्रवाह हुने उनको भनाइ छ ।
‘व्यवसायिकता निरन्तरता कर्जा गत वर्षको लागि नयाँ स्किम हो, गत मंसिरमा गएर मात्रै यो कार्यक्रमको एप्रुभ भएको हो, त्यसैले पनि गत वर्ष सोचे जस्तो गएन, अब यो वर्ष पनि यसलाई निरन्तरता दिन्छौं,’ उनले भने, ‘वित्तीय व्यवस्थापनका लागि राष्ट्र बैंक गम्भीर रुपले काम गरिरहेको छ ।’
राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत स्थिर व्याजदरको व्यवस्था गर्ने तयारी
आर्थीकसंसार संवाददाता२४ जेठ, २०७८
२४ जेठ, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न