News Portal

  • नेपाल बङ्गलादेश बैंक २७औं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता२३ जेठ, २०७८
    ६६९ पटक
    २३ जेठ, २०७८

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफनो २७औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त गरी २०५१ साल जेठ २३ गतेदेखि आफ्नो बैकिङ्ग कारोबार शुभारम्भ गरेको यो बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो ।
    बैंकमा मित्र राष्ट्र बंगलादेशको आईएफआईसी बैंकको ४०.९० प्रतिशत लगानी रहेको छ । बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकलाई बैकिङ्ग सुबिधा दिँदै आएको छ । बैंकले अत्याधुनिक बैकिङ्ग सुबिधाहरु दिनुको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको छ ।
    आफ्नो वार्षिकोत्सवको अवसर पारेर बैंकले हाल नेपालमा बढ्दो कोभिड–१९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारलाई नेपाली ६६ लाख रुपैयाँ बराबरको २५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ ।
    साथै, सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सनट्रेटर खरिद गरिनेछ ।
    आफ्नो वार्षिकोत्सवको अवसरमा बैंकले आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुविधा दिँदै ग्राहकको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्धता पनि गरेको छ ।

    प्रतिकृया दिनुहोस्