काठमाडौं । एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साईकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरेको छ । बैंकले स्वच्छ सफा र हराभरा वातावरण प्रति प्रतिबद्घता देखाउँदै विभिन्न कर्जा योजना सार्वजनिक गरेको हो ।
एनएमबि बैंकले यस विश्व वातावरण दिवसको अवसरमा आफ्नो क्रेडिट कार्डहरु वा एनएमबि सुलभ किस्ता योजनाअन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० प्रतिशतसम्म फाईनान्सिङ्ग, ७ वर्ष कर्जा अवधि, प्रशानिक शुल्कमा ०.२५ प्रतिशत छुटको अफर ल्याएको हो ।
साथै, एनएमबि बैंक र माउन्टेन बाईक विक्रेताहरु बीच जुन महिना भरी शून्य प्रतिशत ईएमआईमा शुन्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साईकल बुक वा खरीद गर्न सकिने योजना पनि प्रस्तुत गरेको छ ।
यसअन्तर्गत एनएमबिका ग्राहकले एपिक माउन्टेन बाईक झम्सिखेल, ग्राभिटि नेपाल झम्सिखेल, हिमालयन सिङ्गल ट्रेक ठमेल, काठमाडौं बाईक स्टेशन पानीपोखरी, साईकल ल्याण्ड, काठमाडौंबाट माउन्टेन बाईकहरु ‘एनएमबि सुलभ किस्ता’ योजनाअन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दीमा खरीद गर्न सक्नेछन् ।
हालको परस्थिति र सरकारले जारी गरेको सुरक्षाको मापदण्डसँगै अघि बढ्ने उद्देश्यकासाथ उक्त योजना अघि सारिएको हो । वातावरणीय संरक्षण र ग्राहकको आवश्यकतालाई सघाउ पुर्याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले नयाँ सुविधाहरु प्रस्तुत गरेको हो । ‘बैंक ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गको सदस्यको नाताले शुन्य कार्वन उत्सर्जनको लागि वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्ध रही आफ्ना ग्राहकको आवश्यकता सम्बोधन गर्न उपरोक्त प्रयास गरिएको हो’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ निरन्तर प्रस्तुत गर्दै आइरहेको छ । छुट तथा सुविधा सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको इन्ट्रेष्ट रेट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
एनएमबि बैंककोसाईकल र विद्युतीय सवारी कर्जा योजना
आर्थीकसंसार संवाददाता२३ जेठ, २०७८
२३ जेठ, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल बैंकको नगद लाभांश घोषणा
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न