News Portal

  • माछापुच्छ्रे बैंकको कल्याणपुर नगरपालिकालाई सहयोग

    आर्थीकसंसार संवाददाता२३ जेठ, २०७८
    ९७२ पटक
    २३ जेठ, २०७८

    काठमाडौं । माछापुच्छ्रे बैंकले सिराहा जिल्लाको कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत उक्त सहयोग गरेको हो ।
    जेठ २३ गते आइतबार बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले उक्त स्वास्थ्य सामग्री कल्याणपुुर नगरपालिकाका कार्यबाहक मेयर रोहिणी कुमारी यादवलाई हस्तान्तरण गरेका हुन् ।
    बैंकले नगरपालिकामा देखिएको कोरोना जोखिम न्यूूनिकरण तथा संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन सेन्टरका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु जस्तै अक्सिजन कन्सन्ट्रेटर, थर्मल गन, स्यानिटाइजर डिस्पेन्सर, अक्सिमिटर, सर्जिकल मास्कलगायतका सामग्रीहरु हस्तान्तरण गरेको हो ।
    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत वर्षदेखि महामारीको रुपमा फैलिँदै गएको कोरोना भाईसरको जोखिम न्यूनिकरण तथा संक्रमितको उपचारमा राहत पुगोस् भन्ने उद्देश्यका साथ नेपाल सरकार, प्रदेश सरकार तथा, स्थानीय संघसंस्थालाई विभिन्न समयमा विभिन्न सहयोगहरु गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्