News Portal

  • पछिल्लो समय थपिए ५ हजार ४२ जना कोरोना संक्रमित

    ८ हजार २४३ जना संक्रमणमुक्त

    आर्थीकसंसार संवाददाता२२ जेठ, २०७८
    ४९२ पटक
    २२ जेठ, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ४ सय ७१ पीसीआर परीक्षण गर्दा ३ हजार ५ सय ४० र ५ हजार ३ सय ४३ एन्टिजेन परीक्षण गर्दा १ हजार ५०२ जनामा संक्रमण पुष्टि भएको हो ।
    पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन्। यसअघि शुक्रबार ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका थिए । त्यसैगरी ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्