News Portal

  • कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुन्छौंः उपप्रधानमन्त्री पौडेल

    आर्थीकसंसार संवाददाता२१ जेठ, २०७८
    ६६८ पटक
    २१ जेठ, २०७८

    काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् । अर्थ मन्त्रालयमा पदबहाली पछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामथ्र्य लगाउने बताएका हुन् ।
    उनले कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्वनिर्धारित समयमा निर्वाचन गराउन अभिभारालाई पूरा गर्ने बताए ।
    पदबहालीका क्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिनेसम्बन्धी निर्णयलाई स्वीकृत गरेका छन् । जसमा सल्यान अस्पताललाई १ करोड ५५ लाख र रोल्पा अस्पतालका लागि ७५ लाख रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्