काठमाडौं । विकास बैंक संघका अध्यक्ष प्रद्युमन पोखरेलले विकास बैंकहरुले पनि सरकारी कारोबार गर्न पाउनुपर्ने धारणा राखेका छन् । शुक्रबार बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्सिच्युट अफ नेपालले आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिसम्बन्धी सरोकारवालाहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अहिले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले मात्रै सरकारी कारोबार गरिरहेको बताउँदै उनले विकास बैंकहरुले पनि सरकारी कारोबार गवर्न पाउनुपर्ने धारणा राखेका हुन् । उनले नेपाल राष्ट्र बैंकले नीतिमा भेदभाव गर्न नपाउने भन्दै वाणिज्य बैंक जस्तै विकास बैंकहरुले पनि सरकारी कारोबार गर्न पाउनु पर्ने बताएका हुन् ।
‘देशमा बैंकिङ साक्षरता र बैंकिङ पहुँच पुर्याउनको लागि विकास बैंकहरुले महत्वपूर्ण भूमिका खेलेका छन्, राष्ट्र बैंकले राम्रो काम गरिरहेको भुल्नु हुँदैन, राम्रो काम गर्नेलाई पुरस्कृत हुने नीति ल्याउन आवश्यक छ, विकास बैंकले पनि एलसीको कारोबार गर्न पाउनुपर्छ, नीतिमा भेदभाव हुनुहुँदैन, अब आउने मौद्रिक नीतिमा यो व्यवस्था हुुनु पर्छ,’ उनले भने ।
यस्तै अध्यक्ष पोखरेलले विकास बैंकहरुमा अब मर्जर तथा एक्विजिसनको आवश्यक नभएको पनि बताए । ‘हामीले बिकास बैंक संरक्षण गर्नुपर्छ, हाम्रो देशको अर्थतन्त्र र साना लगानीकर्ताको लागि विकास बैंकको संरक्षण तथा व्यवस्थापन गर्न आवश्यक छ, विकास बैंकको व्यवस्थापन राम्रो छ, विकास बैंक सबैलाई चाहिएको छ, विकास बैंकमा मर्जर आवश्यक छैन,’ उनले भने ।
विकास बैंकले पनि सरकारी कारोबार गर्न पाउनुपर्छ: अध्यक्ष पोखरेल
आर्थीकसंसार संवाददाता२१ जेठ, २०७८
२१ जेठ, २०७८- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता