News Portal

  • नबिल बैंकले बोलायो विशेष साधारणसभा युनाईटेड फाइनान्सलाई प्राप्ति गर्न

    आर्थीकसंसार संवाददाता२१ जेठ, २०७८
    ५६८ पटक
    २१ जेठ, २०७८

    काठमाडौं । नबिल बैंकले आगामी असार ५ गते विशेष साधारणसभा आव्हान गरेको छ । युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनको लागि बैंकले सो दिन ११ बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको प्रधान कार्यालयमा विशेष साधारणसभा बोलाएको हो ।
    सभाले युनाईटेड फाईनान्सको १ कित्ता सेयर बराबर उक्त कम्पनीका सेयरधनीहरुलाई नबिल बैंकको ०.३५ कित्ता अर्थात १ बराबर ०.३५ सेयर प्रदान गर्ने गरी स्वीकृति दिने विशेष प्रस्तावलाई अनुमोदन गर्ने छ । साथै, उक्त सभामा जाने प्रयोजनको लागि बैंकको आगामी जेठ २८ गते एकदिन बुक क्लोज हुने छ । उक्त सभा आभौतिक माध्यमबाट हुने बैंकले जानकारी गराएको छ ।
    नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्तिका लागि गत बैशाख १७ प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ । उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट मर्जररप्राप्ति कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर÷प्राप्ति कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्