News Portal

  • महालक्ष्मी विकास बैंकद्वारा स्वास्थ्य सामग्री सहयोग

    आर्थीकसंसार संवाददाता२० जेठ, २०७८
    ८२५ पटक
    २० जेठ, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकले चितवनको भरपुर महानगरपालिकाल–११ स्थित गणेशस्थानका स्थानीय बासिन्दाहरुलाई कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रयायले मास्क, सेनिटाईजरलगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायितव अन्तर्गत मास्क, सेनिटाईजरलगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरेको जनाएको छ ।
    उक्त स्वास्थ्य सामग्रीहरु बैंकको नारायाणगढ शाखाका शाखा प्रमुख विरेन्द्र चौधरीले एक कार्यक्रमका बीच वडा नं ११ का वडा सदस्य चिन्तामणी लम्साल र गणेशस्थान टोल विकास समितिका अध्यक्ष राजनकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
    टोल विकास समितिका अध्यक्ष राजनकुमार श्रेष्ठले कोभिडको महामारीलाई नियन्त्रण गर्न बैंकले गणेशस्थानका बासिन्दाहरुलाई मास्क, सेनिटाईजरलगायत स्वास्थ्य सामग्री वितरण गरी समाजिक उत्तरदायित्व पुरा गरेको भनी प्रशंसा गरेका थिए ।
    बैंकले कोरोनाको विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्