News Portal

  • सिटिजन्स बैंकका ग्राहकले २ लाखसम्मको कर्जा पाउने

    आर्थीकसंसार संवाददाता२० जेठ, २०७८
    ७४८ पटक
    २० जेठ, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकहरुको सुविधाका लागि ‘पेडे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ । एफ वान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा बैंकले यो नयाँ कर्जा सुविधा ल्याएको हो ।
    बिहीबार आयोजित एक भर्चुअल कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कम्प्यूटरमा क्लिक गरी ‘पेडे लोन’ योजना सार्वजनिक गरेका छन् । यस कर्जा योजनाअन्तर्गत बैंकमा तलब खाता संचालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि २ लाखसम्म मोबाइल बैकिङ्गबाट ‘पेडे लोन’ सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस कर्जाको लागि कुनै पनि निवेदन दिन र कानुनी कागजात गरी रहनु नपर्ने बैंकले जनाएको छ ।
    बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो लोकप्रिय हुने विश्वास बैंकले लिएको जनाएको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले ‘पेडे लोन’ योजना सञ्चालनमा ल्याएको पोखरेलले बताए ।

    प्रतिकृया दिनुहोस्