News Portal

  • एनएलजीका सेयरधनीले १०.५२ प्रतिशत लाभांश पाउने

    आर्थीकसंसार संवाददाता१८ जेठ, २०७८
    ९३९ पटक
    १८ जेठ, २०७८

    काठमाडौं । एनएलजी इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जेठ १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई बोनस र नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।
    इन्स्योरेन्सले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत अर्थात एक अर्ब ९ करोड ६३ लाख ७५ हजार ५ सय रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, उक्त प्रस्तावित सेयरमा लाग्ने करको लागि ०.५२६३ प्रतिशतका दरले ५७ लाख ७० हजार ३९७ रुपैयाँ नगद लाभांश दिने इन्स्योरेन्सको प्रस्ताव रहेको छ ।
    उक्त प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
    हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १९ करोड रुपैयाँ पुग्ने छ ।

    प्रतिकृया दिनुहोस्