News Portal

  • सानिमा बैंकको मोबाईल बैकिङ्ग एपमा अब रेमिट्यान्स सेवा पनि

    आर्थीकसंसार संवाददाता१८ जेठ, २०७८
    ११३३ पटक
    १८ जेठ, २०७८

    काठमाडौं । सानिमा बैंकले मोबाईल बैकिङ एप सानिमा सजिलो ई–बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यसअन्तर्गत सानिमा बैंकको मोबाइल बैकिङ्ग एपमा सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) थप गरिएको छ ।
    यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सिधै मोबाईल बैकिङ्ग एपबाट पठाउन सक्नेछन् ।
    ग्राहकले रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको ‘सेन्ड रेमिट्यान्स’ मार्फत सिधै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुई सुविधामध्ये एक रोज्न सक्नेछन् । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । यसका साथै मोबाईल बैकिङ्ग एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैंक खातामा संकलन वा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
    ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरु मार्फत रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् । सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा सजिलो ई बैकिङ्गको वेभ भर्सनमा पनि उपलब्ध छ । सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्