News Portal

  • ग्लोबल बैंकको एक्सटेन्सन काउण्टर लमजुङको बेंसीसहरमा

    आर्थीकसंसार संवाददाता३ भदौ, २०७७
    ६०६ पटक
    ३ भदौ, २०७७

    काठमडौं । ग्लोबल आइएमई बैंकले लमजुङको बेंसीसहरस्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
    लमजुङका प्रमुख भगवानप्रसाद उप्रेती र भूमिसुधार तथा मालपोत कार्यालय बेंसीसहरका प्रमुख केशवप्रसाद पौडेलले संयुक्त रुपमा उक्त एक्सटेन्सन काउण्टर उद्घाटन गरेका हुन् । बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्