News Portal

  • सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता१४ जेठ, २०७८
    ६६७ पटक
    १४ जेठ, २०७८

    काठमाडौं । नेप्सेमा एकैदिन दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोज भएको छ । जेठ १४ गते सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।
    जसमध्ये सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ । मूल्य समायोजनपश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १२०५ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १३५० रुपैयाँमा भएको थियो ।
    त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको छ । बिहीबार प्रतिकित्ता ८३१ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य समायोजनपछि प्रतिकित्ता ७९१ रुपैयाँ कायम भएको छ । यससँगै, अबको बजारमा दुबै कम्पनीको सेयर कारोबार समायोजनपछिको मूल्यबाट सुरु हुने छ ।

    प्रतिकृया दिनुहोस्