News Portal

  • समता घरेलु लघुवित्तद्वारा स्वास्थ्य सामग्री सहयोग

    आर्थीकसंसार संवाददाता१४ जेठ, २०७८
    ३६५ पटक
    १४ जेठ, २०७८

    काठमाडौं । समता घरेलु लुघवित्त वित्तीय संस्थाले बनेपा नगरपालिकाको कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई मध्यनजर गर्दै बनेपा नगरपालिकाभित्र सञ्चालित कोभिड अस्पतालहरुको प्रभावकारी व्यवस्थापनको लागि सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।
    उक्त सामग्री संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीलाई ५ थान अक्सिजन कन्सन्नट्रेटर, केही थान थर्माेमिटर, सेनिटाइजर, अक्सि मिटरलगायत आवश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
    संस्थाले हाल ३७ वटा शाखा कार्यालयहरुमार्फत करिव ४७ हजार सदस्यहरुलाई लघुवित्त सेवा दिइरहेको छ ।

    प्रतिकृया दिनुहोस्