News Portal

  • आजदेखि बैंक सञ्चालनमा निषेधाज्ञामा थप कडाई

    दुई गाडी मात्रै चलाउन पाउने

    आर्थीकसंसार संवाददाता१४ जेठ, २०७८
    ५५४ पटक
    १४ जेठ, २०७८

    काठमाडौं । शुक्रबारदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा बैंकका सीमित शाखा मात्र सञ्चालन हुने भएको छ । शुक्रबारदेखि निषेधाज्ञामा थप कडाई भएपछि नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सिमित शाखाबाट आलोपालो सेवा सञ्चालन गर्ने भएका हुन् ।
    यसअघि नै राष्ट्र बैंकले बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन दिइसकेको थियो । राष्ट्र बैकको निर्देशनअनुसार आजदेखि काठमाडौंमा बाणिज्य बैंकका तीनवटा शाखा, विकास बैंकको दुईवटा र फाइनान्स कम्पनीको एक वटा मात्र शाखा खोलेर सेवा दिनुपर्नेछ ।
    यस्तै, ललितपुरमा बाणिज्य बैंकहरुले २ वटा, भक्तपुरमा एउटा शाखा तथा विकास बैंकहरू र फाइनान्स कम्पनीहरुले ललितपुरमा र भक्तपुरमा एकरएक वटा शाखा खोलेर सेवा प्रवाह गर्न पाउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
    अत्यावश्यक सेवाका लागि बन्द रहेको शाखाको सम्पर्क व्यक्तिको नम्बर र सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र शाखा खुला रहने समयको जानकारी समेटिएको सुचना बैंकले वेवसाइटमा दैनिक रुपमा प्रकाशन गर्नुपर्नेछ ।
    शुक्रबारदेखि सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारी साधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र सवारी साधन चल्न पाउनेछन् ।
    यी हुन् उपत्यकामा शुक्रबार खुल्ने शाखा

    कृषि विकास बैंक
    रत्नपार्क, गौशाला, ठमेल, सातदोबाटो, गठ्ठाघर र सांखु शाखा गरी ५ कार्यालय सञ्चालन हुनेछन् ।

    नेपाल बैंक लिमिटेड
    भैसिपाटी, जोरपाटी, कीर्तिपुर, लाजीम्पाट, पाटन औधोेगिक क्षेत्र र काठमाडौं बैकिङ कार्यालय ।

    राष्ट्रिय वाणिज्य बैंक
    कोटेश्वर, नक्साल, टोखा भैसेपाटी, ललितपुर लगनखेल र ठीमी ।

    नबिल बैंक
    चावहिल, कोटेश्वर, कुलेश्वर, पुल्चोक, सातदोबाटो र तिनधारा ।

    बैंक अफ काठमाण्डू
    बालाजु, त्रिपुरेश्वर, नक्साल, इटाच्छे र लगनखेल ।

    सेञ्चुरी बैंक
    न्यूरोड, कलंकी, सामाखुसी, मिनभवन र सुकुलढोका ।

    सिटिजन्स बैंक
    भक्तपुर, दरबारमार्ग, ग्वार्काे, किर्तिपुर, कुपनडोल, नारायणगोपाल चोक र न्युरोड शाखा ।

    ग्लोबल आइएमई बैंक
    न्यूरोड, लगनखेल, ग्वार्काे, सूर्यविनायक, धापासी र गंगबु शाखा ।

    लक्ष्मी बैंक
    हात्तीसार, कलंकी, हाँडीगाउ, पुल्चोक, चापागाउँ र कौशलटार शाखा ।

    प्राइम बैंक
    नयाँ बानेश्बर, न्यूरोड, सोह्रखुट्टे, इमाडोल, मंगलबजार र गठ्ठाघर शाखा ।

    मेगा बैंक
    सुकेधारा, कमलादी, नयाँ बानेश्वर, न्यूरोड, पाटन र इमाडोलका शाखा ।

    नेपाल इनभेष्टमेण्ट बैंक
    चावाहील, गंगबु, कमालीमाटी र लगनखेल शाखा कार्यालय ।

    एनसीसी बैंक
    बागबजार, चावाहील, टेकु, सुकेधारा, कुपन्डोल र थिमी शाखा ।

    स्ट्यान्डर्ट चार्टर्ड बैंक
    यस साताभर उपत्यकाका ३ जिल्लाका नयाँ बानेश्वर, लाजिम्पाट, ललितपुर, न्यूरोड र बौद्ध शाखा कार्यालय सञ्चालन हुने ।

    प्रभु बैंक
    जोटपाटी, टंगाल, बल्खु, पाटन, इमाडोल र सूर्यविनायक शाखा ।

    एनएमबि बैंक
    सूर्यविनायक, लुभु, महाराजगंग, कलंकी, बागदरबार शाखा ।

    सिद्धार्थ बैंक
    न्यूरोड, स्यम्भु, पाटन, सातदोबाटो र गठ्ठाघर शाखा ।

    सानीमा बैंक
    गोंगबु, चुच्चेपाटी, टेक, महालक्ष्मी, सातदोबाटो र सूर्यविनायक शाखा ।

    कुमारी बैंक
    सानो भर्याङ, नक्साल, थली, व्यासी, सातदोबाटो र मंगलबजार शाखा ।

    माच्छापुच्छ्रे बैंक
    कपन, महाराजगन्ज, कुलेश्वर, सातदोबाटो, पुल्चोक र सूर्यविनायक शाखा ।

    एनआईसी एसिया बैंक
    न्यूरोड विशाल बजार, नयाँबानेश्वर, चावहिल, भक्तपुर, चापागाँउ, लगनखेल शाखा ।

    हिमालय बैंक
    केन्द्रीय कार्यालय, महाराजगंज, चाबहिल, टेकु, झम्सिखेल, भैसेपाटी तथा कौशलटार शाखा ।

    सिभिल बैंक
    मुख्य शाखा, जावलाखेल, किर्तिपुर, कमलादी, सूर्यविनायक र दौबहाल ।

    एभरेष्ट बैंक
    बागडोल, बालाजु, गोल्फुटार र भक्तपुर ।

    नेपाल बंगलादेश बैंक
    बालाजु, मान्दीखातार, मैतिदेवी, सानेपा, मन्दीखतार, भैंसेपाटी ।

    सनराइज बैंक
    गैरीधारा, कलंकी, बौद्ध, भैंसेपाटी, सानेपा र पेप्सिकोला ।

    प्रतिकृया दिनुहोस्