News Portal

  • सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन खड्कालाई नियुक्त हुने

    आर्थीकसंसार संवाददाता१३ जेठ, २०७८
    ५८६ पटक
    १३ जेठ, २०७८

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पवनकुमार खड्कालाई नियुक्त गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव जेठ १३ गते दिउँसो ११ बजे सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।
    बैठकले उनलाई आगामी ४ वर्षको लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै, उक्त प्रस्ताव स्वीकृतिको लागि नियमनकारी निकाय बीमा समितिमा पठाउने बैठकले निर्णय गरेको छ ।
    हाल खड्काले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेको छन् ।

    प्रतिकृया दिनुहोस्