News Portal

  • नेशनल लाईफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

    आर्थीकसंसार संवाददाता१३ जेठ, २०७८
    ३६१ पटक
    १३ जेठ, २०७८

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले २५ लाखको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको लहान शाखाले घातक रोग बीमाअन्तर्गत २५ लाखको बीमा दावी भुक्तानी गरेको हो ।
    कम्पनीले मंगलबार सिरहा नगरपालिका लहान–१ निवासी शकुन्तला पोद्दारले गरेको जीवन बीमा वापतको रकम भुक्तानी गरेको हो । उक्त रकम पोद्दारका भतिज गोविन्द अग्रवाललाई कम्पनीले हस्तानतरण गरेको छ । पोद्दारले मिती २०७६।०६।२७ गते २५ लाखको जीवन अमृत योजना खरिद गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्