News Portal

  • २४ घण्टामा थप ६ हजार ७ सय १४ मा कोरोना संक्रमित

    १ सय ४५ जनाको मृत्यु

    आर्थीकसंसार संवाददाता१२ जेठ, २०७८
    ९२८ पटक
    १२ जेठ, २०७८

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १९ हजार ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६ हजार ६७७ जनामा कोरोना पुष्टि भएको छ । ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि छ ।
    पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ ।
    त्यसैगरी पछिल्लो २४ घण्टामा १ सय ४५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौंमा ११३९, भक्तपुरमा ११३ र ललितपुरमा २४१ जना कोरोना संक्रमित थपिएका हुन् ।

    प्रतिकृया दिनुहोस्