News Portal

  • आईएमई लाईफको सिईओ बन्दै कवि फुयाँल

    आर्थिकसंसार संवाददाता३ भदौ, २०७७
    ५४५ पटक
    ३ भदौ, २०७७

    काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीमा नयाँ सिईओ नियुक्ति गर्ने प्रक्रिया अघि बढेकोे छ । साउन अन्तिम साता बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिटिजन लाईफ इन्स्योरेन्समा मार्केटिङ् प्रमुख पदमा कार्यरत कवि फुयाँललाई सिईओ नियुक्त गर्ने प्रस्ताव अघि बढाउने निर्णय गरेको हो ।
    आईएमई लाईफमा जान लागेका फुयाँलले सिटिजन लाईफबाट राजिनामा दिइ सकेका छन् । आइएमई लाईफमा नयाँ सिईओ नियुक्ती हुन लागेको सम्बन्धमा बीमा समिति जानकार रहेको जनाए पनि औपचारिक रुपमा पत्र आईनसकेको उच्च अधिकारीले जानकारी दिए । बीमा कम्पनीमा सिईओ नियुक्तीका लागि बीमा समितिबाट स्वीकृत लिनुपर्ने व्यवस्था छ । बीमा समितिमा पेश भएको २१ दिनसम्म अध्ययन, जाँचबुझ गरेपछि योग्यता पुगेका व्यक्तिलाई सिईओ नियुक्ती गर्न सञ्चालक समितिलाई अनुमति दिएपछि मात्रै प्रक्रिया औपचारिक रुपमा सिईओ नियुक्त गर्ने बाटो खुल्नेछ । आईएमई लाईफमा नयाँ सिईओ नियुक्तीको लागि अझै केही समय लाग्ने छ ।
    आईएमई लाईफबाट सिईओ श्रीचन्द्र भट्टले राजिनामा दिएर ज्योति विकास बैंकमा गएपछि सिईओ पद रिक्त थियो । फुयाँल बजारमा प्रभाव पार्न सक्ने दक्षतायुद्ध व्यक्ति मानिन्छन् । जीवन बीमा क्षेत्रमा लामो समय काम गरेका फुयाँलले आईएमई लाईफको बजार हिस्सा बढाउने विश्वास गरेर कम्पनीले सिईओ नियुक्त गर्न लागेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्