News Portal

  • सिटजन्स बैंक र सिर्जना फाइनान्सले डाके विशेष साधारणसभा

    आर्थीकसंसार संवाददाता१२ जेठ, २०७८
    ९९९ पटक
    १२ जेठ, २०७८

    काठमाडौं । सिटिजन्स बैंक र सिर्जना फाइनान्सले मर्जरको विशेष प्रस्तावसहित जेठ २७ गते विशेष साधारणसभा डाकेका छन् । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक कित्ता बराबर ०.९५ कित्ताको अनुपातमा प्राप्ति गर्ने भएको छ ।
    दुबैले भर्चुअल माध्यमबाट विशेष साधारणसभाका लागि शेयरधनीहरुलाई आह्वान गरेका छन् । यस अगाडि बैंक र फाइनान्सका दुबै पक्ष वीचमा मर्जरको सहमतिपत्रमा सम्झौता भइसकेको छ । विशेष साधारणसभाले प्राप्तिको प्रस्ताव पारित गर्ने वित्तिकै एकीकृत कारोबारको प्रक्रिया अगाडि बढाउने छन् ।
    हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । फाइनान्सलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ५७ करोड रुपैयाँ पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्