काठमाडौं । प्राइम बैंकले कोभिड–१९ महामारीविरुद्ध लड्न देशको विभिन्न अस्पतालहरुलाई स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।
बैंकले यस क्रममा वीर अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरेको छ । बैंकले अस्पताललाई पिपिइ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलिलगायतका विभिन्न स्वास्थ सामग्रीहरु प्रदान गरेको हो ।
बैंकका सञ्चालक मनोज पौडेलले कोभिड युनीफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहकाबीच उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
यसका साथै बैंकले सुदूरपश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई क्रमशः ६० थान तथा ४० थान अक्सिजन सिलिण्डर वितरण गरेको छ । बैंकले कोभिड१९ विरुद्धको लडाइँमा गर्दै आएको सहयोगलाई भविष्यमा समेत जारी राख्ने जनाएको छ ।
प्राइम बैंकद्वारा वीर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग
आर्थीकसंसार संवाददाता१२ जेठ, २०७८
१२ जेठ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान