News Portal

  • नारायणी बैंकद्वारा कोभिड संक्रमितलाई स्वास्थ्य सामग्री सहयोग

    आर्थीकसंसार संवाददाता१० जेठ, २०७८
    ४५९ पटक
    १० जेठ, २०७८

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका कोभिड संक्रमितलाई औषधीलगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
    देशका विभिन्न स्थानबाट उपचार गर्न आएका तथा कोभिड संक्रमितलाई जारी निषेधाज्ञाका कारण उपचारमा प्रयोग हुने औषधी किन्न समस्या भएकाहरूलाई लक्षित गरी उक्त सहयोग गरिएको बैंकले बताएको छ ।
    कोभिड प्रभावित बिरामीलाई अस्पताल फार्मेसीबाटै औषधी लगायत सामग्री निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको र यसमा अस्पताल प्रशासनको सहयोग रहेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्