News Portal

  • नेको इन्स्योरेन्सद्वारा उच्च लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता१० जेठ, २०७८
    ७१८ पटक
    १० जेठ, २०७८

    काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जेठ ९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिको स्वीकृति एवं आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
    प्रस्तावित १६.३२ प्रतिशत लाभांश गत तीन वर्षयताकै उच्च हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ८.१६ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७३/२०७४ को नाफाबाट सेयरधनीलाई क्रमशः १२.६३ र १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्