News Portal

  • एनसीसी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    आर्थीकसंसार संवाददाता१० जेठ, २०७८
    ३४१ पटक
    १० जेठ, २०७८

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) बैंकको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । बैंकको प्रतिअंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको ३० लाख थान ‘९.५ प्रतिशत एसबिएल डिबेन्चर २०८६’ (ऋणपत्र) सूचीकरण भएको हो ।
    उक्त सूचीकरणसम्बन्धी बैंक र नेप्सेबीच सम्झौता भएको छ । बैंकले सर्वसाधारणसमक्ष नेपाल इन्भेष्टमेन्ट बैंकिङ्गमार्फत उक्त ऋणपत्र खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको उक्त ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

    प्रतिकृया दिनुहोस्