News Portal

  • सानिमा लाइफले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा दियो निवेदन

    आर्थीकसंसार संवाददाता८ जेठ, २०७८
    ६५४ पटक
    ८ जेठ, २०७८

    काठमाडौं । सानिमा लाइफले प्राथमिक शेयर निष्काशनको अनुमतिका नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले रेटिङ गराइसकेको छ । केयर रेटिङ नेपालले गरेको रेटिङअनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।
    कम्पनीले २०७४ मंसिरमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक साधारणसभाबाट प्राथमिक शेयर निष्काशनको प्रस्ताव पारित गरिसकेको छ । नियम अनुसार कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक साधारणसभा गर्नुपर्छ । यही जेठ २३ गते कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को लेखापरीक्षणसहित वार्षिक साधारणसभा गर्दै छ । उक्त साधारणसभा सम्पन्न हुने वित्तिकै कम्पनीलाई प्राथमिक शेयर निष्काशनका लागि पूर्णरुपमा बाटो खुला हुनेछ ।
    कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्न सक्नेछ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्