News Portal

  • स्थानीय प्रशासनले स्वीकृति दिए मात्रै बैंकहरुको शाखा खुलाउने

    आर्थीकसंसार संवाददाता३ भदौ, २०७७
    ५२३ पटक
    ३ भदौ, २०७७

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सकभर बैंक तथा वित्तीय संस्थालाई शाखा नखोली विद्युतीय माध्यमबाट सेवा उपलब्ध गराउन सुझाएको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले एटीएममा पर्याप्त नगद राख्न र त्यसको निगरानीको ब्यवस्था मिलाउन भनेको छ ।
    विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता प्रदान गरी आफ्नो ग्राहकलाई सम्भव भएसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सुचित गर्न राष्ट्र बैंकले भनेको छ । यसैगरी अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतितपत्र, ग्यारेन्टीजस्ता कारोबार सञ्चालन गर्नुपर्ने छ । स्थानीय प्रशासनले स्वीकृति दिएमा शाखा खोल्न भनेको छ ।

    प्रतिकृया दिनुहोस्