News Portal

  • राष्ट्रिय बीमा संस्थानमा महेश रिमाल निमित्त प्रशासक

    आर्थीकसंसार संवाददाता७ जेठ, २०७८
    ३६३ पटक
    ७ जेठ, २०७८

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी महेश रिमालले पाएका छन् । उनले शुक्रबार सो जिम्मेवारी पाएका हुन् ।
    बिहीबार कविप्रसाद पाठकको कार्यकाल सकिएसँगै चार्टर्ड एकाउन्टेण्ट रिमालले सो जिम्मेवारी पाएका हुन् । संस्थानमा हाल उपमहानिर्देशक रहेका रिमाल निमित्त प्रमुख प्रशासक तोकिएका हुन् ।
    संस्थानको सञ्चालक समितिले हिजोबाट लागू हुने गरी रिमाललाई अर्काे व्यवस्था नहुँदासम्मको लागि कामु प्रमुख प्रशासकको जिम्मेवारी तोकेको हो । अहिले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा अवस्थामा नियुक्ती प्रक्रिया असहज भएकाले तत्कालका लागि सो जिम्मेवारी उनलाई अख्तियारी दिएको बुझिएको छ । कामु प्रशासकको जिम्मेवारी तोकिएका रिमालले आजैबाट जिम्मेवारी लिएर कार्य प्रारम्भ गरेका छन् ।

    प्रतिकृया दिनुहोस्