News Portal

  • महालक्ष्मी बैंकको ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा’ योजना सञ्चालन

    आर्थीकसंसार संवाददाता७ जेठ, २०७८
    ४६३ पटक
    ७ जेठ, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको छ । विकास बैंकले आफ्नो २७औं वार्षिक उत्सवको अवसरमा कोभिड–१९ को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त योजना सञ्चालनमा ल्याएको हो ।
    यस योजनाअन्तर्गत हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकले जेठ ७ गतेदेखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा बैंकको तर्फबाट १०० रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।
    बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्युआरकोडलगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु र अरुलाई सुरक्षित राख्न अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्