News Portal

  • सिद्धार्थ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा

    आर्थीकसंसार संवाददाता६ जेठ, २०७८
    ४५५ पटक
    ६ जेठ, २०७८

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आगामी जेठ २८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आफ्नो १९औं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा भिडियो कन्फरेन्समार्फत गर्ने भएको हो ।
    उक्त सभाले सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सभाले पारित गरेसँगै सेयरधनीले १२ प्रतिशत बोनस र ३.७८९४ प्रतिशत नगद (कर समेत) लाभांश पाउने छन् ।
    सभामा जाने प्रयोजनको लागि कम्पनीले जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यससँगै जेठ १३ गतेसम्म कायम सेयरधनी कम्पनीको लाभांश पाउन योग्य हुने छन् ।

    प्रतिकृया दिनुहोस्