News Portal

  • मुक्तिनाथ बैंकको कर्जा र निक्षेप सेवाको जानकारी अब एक मिस्डकल गर्न साथ पाइने

    आर्थीकसंसार संवाददाता६ जेठ, २०७८
    १०१६ पटक
    ६ जेठ, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
    ग्राहकहरुले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जासम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्नेछन् ।
    बैंकको अनुसार यो सुविधा लिन ग्राहकहरुले निम्न मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समय भित्र मिस्ड कल गर्दा र केही समयमै बैंकबाट ग्राहकहरुको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गरिनेछ ।
    ग्राहकले निक्षेपसँग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२२ र कर्जासँग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२३ मा सम्पर्क गर्न सक्नेछन् ।
    यसैगरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकले भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । बैंकले साथसाथै मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था पनि गरेको छ ।

    प्रतिकृया दिनुहोस्