News Portal

  • निषेधाज्ञाले रिलायन्स लाईफको आईपिओ नरोकिने

    आर्थीकसंसार संवाददाता३ भदौ, २०७७
    ८७२ पटक
    ३ भदौ, २०७७

    काठमाडौं । रिलायन्स लाईफले भाद्र ४ गतेबाट जारी गर्न लागेको आईपिओ बढ्दो कोरोना संक्रमणका कारण घोषणा गरिएको निषेधाज्ञामा पनि नरोकिने भएको छ । काठमाडौंका तीनवटै स्थानीय प्रशासनले आज राति १२ बजेदेखि लागू हुने गरी अत्यावश्यक सेवा बाहेकका सबै कार्यमा रोक लगाउने निर्णय गरिसकेको सन्दर्भमा भोलिबाट जारी हुने आईपिओ के होला ? भन्ने जिज्ञाशाका बीच सेबोन र बिक्री प्रबन्धक दुवैले भोलिबाट पूर्ववत रुपमा रिलायन्स लाईफलगायतको आईपिओ जारी हुने बताएका छन् ।
    नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने, ‘हामीले साउन महिनाभरको समय दिएर अनलाईनमा खाता खोल्न भनेका थियौं, पर्याप्त समय दिएर अनलाईनमा आबद्ध हुने अवसर दिइसकिएको छ, अहिले आएर पाइन, भ्याइन भनेकै भरमा आईपिओ निष्काशन पर सार्ने काम हुँदैन ।’ उनले सबै कम्पनीहरुको आईपिओ पूर्व निर्धारित मितिमा जारी हुने जानकारी दिए । अध्यक्ष ढुंगानाले छ लाख भन्दा बढीले मेरो शेयरमा खाता खोलेकाले सबैले शेयर भर्न पाउने विश्वास व्यक्त गरे ।
    उता, बिक्री प्रबन्धक सानिमा क्यापिटलले पनि रिलायन्स लाईफको आईपिओ भोलिबाट पूर्व निर्धारित समयतालिका अनुसार नै बिक्री सुरु हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्