News Portal

  • बीमा समितिद्वारा सुरेशप्रसाद खत्रीलाई नेशनल लाईफको सीईओमा स्वीकृति

    आर्थीकसंसार संवाददाता३ जेठ, २०७८
    ४४६ पटक
    ३ जेठ, २०७८

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सुरेशप्रसाद खत्रीले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई जेठ ३ गते नेशनल लाईफ इन्स्योरेन्सको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो ।
    गत बैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खत्रीलाई कम्पनीको सीईओमा नियुक्त गर्न बीमा समितिमा प्रस्ताव गरेको थियो । सो प्रस्ताव बीमा समितिबाट स्वीकृतभएसँगै अब सञ्चालक समितिले उनलाई सीईओको रुपमा नियुक्त गर्नेछ ।
    सीईओमा नियुक्त भएसँगै खत्रीले आगामी ४ वर्ष कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् । गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधि सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । बैङगलोरबाट एमबीए गरेका खत्रीको बीमा क्षेत्रमा करिब साढे दुई दशकको कार्य अनुभव रहेको छ ।

    प्रतिकृया दिनुहोस्