News Portal

  • लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभामा हुने

    आर्थीकसंसार संवाददाता३ जेठ, २०७८
    ३६५ पटक
    ३ जेठ, २०७८

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी आगामी जेठ २८ गते वार्षिक साधारणसभामा हुने भएको छ । कम्पनीको १६औं वार्षिक साधारणसभा सो दिन अपरान्ह ४ बजे भच्र्युअल माध्यमबाट हुने भएको छ ।
    सभामा कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । साथै, उक्त बोनस सेयरमा लाग्ने कर समेत गरी ५ प्रतिशत अर्थात ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांशलाई सभाले स्वीकृत गर्ने छ । यससँगै सभाले पारित गरेपछि सेयरधनीले कूल १० प्रतिशत लाभांश पाउने छन् ।
    उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी जेठ १४ गते एक दिन बुक क्लोज हुने भएको छ । यससँगै जेठ १३ गतेसम्म कायम सेयरधनीले सो मात्राको लाभांश पाउँछन् । यसको मतलब जेठ १४ गते कम्पनीको सेयर बेच्नेले उक्त लाभांश पाउनेछन् भने किन्नेले पाउँदैनन् ।

    प्रतिकृया दिनुहोस्