News Portal

  • एनआईसी बैंकको ‘उत्तरदायी बनौं, मोबैंक गरौं’ योजना सुरु

    आर्थीकसंसार संवाददाता३ जेठ, २०७८
    ७०० पटक
    ३ जेठ, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकरूलाई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहनस्वरूप ‘उत्तरदायी बनौं, मोबैंक गरौं’ योजना सार्वजनिक गरेको छ ।
    यस योजनाअनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले ईन्टरनेट, टेलिभिजन, खानेपानीलगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम १०० नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।
    यस योजनाअन्तर्गत एक जना ग्राहकले योजना अवधिभर अधिकतम ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । आइतबारबाट सुरु भएको यो योजना जेष्ठ ३१ सम्म लागू हुने बैंकले जनाएको छ । ।
    बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्फ बैंकिङ्गको अभ्यासलाई एनआइसी एशिया मोबैैक प्लाटफर्ममार्फत अघि बढाइरहेको छ ।
    यसमा ग्राहक महानुभावहरूले एनआइसी एशिया मोबैैक प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसिरएनसेल टपअप, युटिलीटि बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा प्रोसेस ट्रयाकिङ्ग आदि जस्ता थुप्रै सुविधाहरु सहज रुपले लिन सक्नेछन् ।
    साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले आइसर्भे प्लाटफर्मको विकास गरी एनआइसी एशिया मोबैंक तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ ।
    यस आइसर्भमार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिनरपासवर्ड रिसेट), ग्राहकसम्बन्धी सेवाहरु (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन र बचत स्किम परिवर्तन गर्न), टेलर सेवाहरु (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्डसम्बन्धी सेवाहरु (ई–कमर्श दर्ता, कार्ड ब्लक, नयाँ कार्ड आवेदन र इन्स्टा बाई) ग्राहकहरूले सरल तरिकाले लिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्