काठमाडौं । नबिल बैंकले वेबसाइटमार्फत नबिल आईकार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राख्दै बैंकले उक्त सुविधा ल्याएको हो ।
यस नयाँ सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहकले आफै बैंकको वेबसाइटमा गई ‘अप्लाईनाउ’ विकल्प छानि नबिल आईकार्डको लागि निवेदन दिई, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।
यो कार्डसम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन्, जुन ग्राहकले सजिलैसँग सन्दर्भ गर्न सक्दछन् । थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा केन्द्रमा (०१–५९७००१५) सम्पर्क गर्न सक्नेछन् ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको समयमा ग्राहकको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नयाँ सुविधा ल्याएको छ ।
‘नबिल आईकार्ड’को निवेदन बैंकको वेबसाइटबाटै दिन मिल्ने
आर्थीकसंसार संवाददाता२ जेठ, २०७८
२ जेठ, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न