काठमाडौं । एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको ‘८.५० प्रतिशत एनएमबि डिबेन्चर–२०८/८८’ नामक ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले आज अर्थात जेठ २ गतेदेखि सो परिमाण अर्थात एक हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको हो ।
जसमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी रहेको ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने बैंकले जनाएको छ । ८ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको बैंकले जानकारी गराएको छ ।
बैंकद्वारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा जेठ ५ गते र ढिलोमा जेठ १६ गतेसम्म बन्द हुने गरी तोकिएको छ ।
बैंकको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । जसमा वार्षिक ८.५ प्रतिशत ब्याज पाइने छ । बैंकले ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्युअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थालाई समयमै वित्तीय दायित्व पूरा गर्नेमा सुरक्षित रहेको संस्थाको रुपमा लिइन्छ ।
बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल रहेको छ । यससँगै, लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
एनएमबिको २ अर्बको ऋणपत्र बिक्री खुला
आर्थीकसंसार संवाददाता२ जेठ, २०७८
२ जेठ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने