News Portal

  • घरबाटै कारोबार गरौं, सुरक्षित बनौंः बैंकर्स संघ

    आर्थीकसंसार संवाददाता२ जेठ, २०७८
    ३७९ पटक
    २ जेठ, २०७८

    काठमाडौं । नेपाल बैंकर्स संघले सम्पूर्ण ग्राहकलाई घरबाटै कारोबार गर्न आग्रह गरेको छ । बैंकर्स संघले आइतबार एक विज्ञप्ति जारी गर्दै ग्राहकलाई घरबाट काम गर्न आग्रह गरेको हो । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहर बढेसँगै ग्राहकलाई बैंकिङ्ग कारोबार घरबाटै गर्न आग्रह गरेको हो ।
    संघले मोबाइल तथा इन्टरनेट बैंकिङ्गमार्फत एक खाताबाट अर्काेमा रकम स्थानान्तरण, खाता व्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीहरुलगायतका कार्यहरु गर्न सकिने बताएको छ ।
    साथै, सामान खरिद गर्दाका वखतसमेत उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्यूआरमार्फत भुक्तानी गरी सकेसम्म नगद कारोवार कम गर्न अनुरोध गरेको हो ।
    ‘ग्राहकहरुको सहजताको निमित्त यस निषेधाज्ञा अवधिभर मुद्दती खाता नविकरण समेत सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न सकिने जानकारी गराउँदछौं, साथै कुनै परिस्थितिवस इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको ७ दिनपछि सम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुने गरी नविकरण गर्न सकिनेछ,’ बैंकको विज्ञप्तिमा भनिएको छ ।
    बैंकिङ्ग कारोवार वा बैंकसँग सम्बन्धित अन्य कुनै सेवा, सुझाब, गुनासो भएको खण्डमा बैंकको वेबसाइटमा सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथ कल सेन्टर सेवा समेत उपलब्ध भएको संघले जनाएको छ । संघले सम्पूर्ण ग्राहकहरुलाई घरबाटै कारोबार गरी आफू र अरुलाई सुरक्षित राख्न पनि अनुरोध गरेको छ ।
    अहिले बैंक तथा वित्तीय संस्थाका ३ हजारभन्दा बढी कर्मचारीहरु कोरोना संक्रमति भएका छन् । यसअघि जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस नियन्त्रणका लागि लगाएको निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक क्षेत्रमा राखेर शाखा खोल्न दिएको छ । काठमाडौं उपत्यकामा २५ प्रतिशत शाखा २० प्रतिशत कर्मचारी मात्रै बोलाएर सेवा दिन प्रशासनले निर्देशन दिइसकेको छ ।

    प्रतिकृया दिनुहोस्