News Portal

  • बीमा समिति ५३औं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता१ जेठ, २०७८
    ६८० पटक
    १ जेठ, २०७८

    काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति ५३औं वर्षमा प्रवेश गरेको छ ।
    यस उपलक्ष्यमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सञ्चालक समितिका सदस्यहरु, पूर्व अध्यक्षहरु, कर्मचारीहरु, बीमितहरु, बीमकहरु, सर्भेयरहरु र अभिकर्ताहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
    अध्यक्ष सिलवालले नेपालमा रहेको बीमा व्यवसायलाई विकसित, नियमित र व्यवस्थित बनाउने उद्देश्यले स्थापित संस्थाको अध्यक्षको नाताले बीमा व्यवसायलाई स्वच्छ र भरपर्दो बनाउँदै आगामी दिनमा न्युन आए भएका वर्गलाई बीमाको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    यस्तै उनले कोरोनाको यस विषमा परिस्थितिमा मानव जीवनको असल साथीको रुपमा राहत प्रदान गर्ने पनि बताएका छन् । आगामी दिनमा बीमा भुक्तानीलाई अझ सरल, छिटो र छरितो बनाउँदै लैजाने बताए । कोरोना महामारीको कारण सरकारद्वारा जारी निषेधाज्ञाको पालना गर्दै समितिले यस वर्ष कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्