News Portal

  • एनएलजी इन्स्योरेन्सको खुद नाफा ३५ प्रतिशतले बृद्धि

    आर्थीकसंसार संवाददाता२९ वैशाख, २०७८
    ६४३ पटक
    २९ वैशाख, २०७८

    काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक पहिलो ९ महिनामा २१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३५.२२ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १५ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
    समीक्षा अवधिमा कम्पनीको खुद नाफासँगै खुद बीमाशुल्कमा पनि बृद्धि भएको छ । कम्पनीले चालु आवको चैत मसान्तसम्ममा ८५ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३६.२६ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ६२ करोड ६५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
    गत चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २५.८८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३३.७८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.९४ गुणा बढी छ । त्यस्तै, कम्पनीले पुनर्बीमा कमिशनबाट २२ करोड ५४ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ७ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
    हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जगेडा कोषमा ४२ करोड २८ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब २७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड १२ लाख रुपैयाँ सञ्चित रहेको छ ।
    कम्पनीले १ लाख ६८ हजार २२८ वटा बीमालेख जारी गरी कुल १ अर्ब ६९ करोड १४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, ६ हजार १९४ वटा दाबी बापत १ अर्ब ७ करोड ७६ लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीले ६ हजार १३० वटा दाबी बापत ९८ करोड ९० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको वित्तीय विवरणमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्