News Portal

  • सिटिजन लाइफको वित्तीय विवरण सार्वजनिक

    आर्थीकसंसार संवाददाता२६ वैशाख, २०७८
    ७३० पटक
    २६ वैशाख, २०७८

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ को तेस्रो त्रैमासिक (चैत्र मसान्त)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय बृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १३८ प्रतिशतले वृद्धि गरेको छ ।
    गत वर्षको चैत्र मसान्तमा कम्पनीको जीवन बीमा कोषमा १ अर्ब २६ करोड रुपैयाँ रहेकोमा यस चैत्र मसान्तमा सो रकम ३ अर्ब १ करोड रुपैयाँ पुगेको छ । यसका साथै कम्पनीले गत वर्षको चैत्र मसान्तसम्ममा कुल बीमाशुल्क १ अर्ब १८ करोड रुपैयाँ गरेकोमा यस वर्षको सोही अवधिमा २ अर्ब ४८ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । जुन गत आवको तुलनामा ११० प्रतिशतले बढी हो ।
    समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ५० करोड ८ लाखबाट ६४ प्रतिशतले बढाएर ८३ करोड २० लाख रुपैयाँ पुर्याएको छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ५५ प्रतिशतको वृद्धि गरी ३७ करोड २ लाख रुपैयाँ पुर्याएको छ ।
    कम्पनीले यस चैत्र मसान्तसम्ममा १४ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ५ अर्ब ४० करोड रुपैयाँमध्ये करिब ७५.२८ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।


    हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिँदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउँदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम सञ्चालन गरेको छ । यस कोरोनाको विषम परिस्थितिमा विभिन्न सेवालाई अनलाइनमार्फत सेवा लिन सकिने गरी थप व्यवस्थासमेत गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसँग बीमा जस्ता विभिन्न कार्यक्रमहरुलगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरुसहितको सिटिजन टिममार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

    प्रतिकृया दिनुहोस्