काठमाडौं । वैदेशिक रोजगारीमा गएका १६ लाख नेपाली स्वदेश फर्कन चाहेका छन् । २८ देखि ३० लाख नेपालीमध्ये करिब १६ लाख नेपालीले स्वदेश फर्कन चाहेका छन् । वैदेशिक रोजगारीमा गएका १६ लाख मानिस नेपाल फर्कन चाहिरहेका बेला सरकारले भने उद्दार उडान बन्द गरेको छ । तत्काल नेपाल फर्कन चाहने तथा हातमा टिकट लिएर बसेका मानिस नै करिब ४० हजारको हाराहारीमा रहेको बुझिएको छ ।
वैदेशिक रोजगार विभागले दिएको जानकारीअनुसार वैदेशिक रोजगारीमा गएकामध्ये प्रत्येक दिन दुईदेखि तीन सय मानिसको भिसा सकिन्छ र उनीहरू फर्कने भनेको स्वदेश नै हो । अहिले तत्काल नेपाल फर्कन चाहने तथा हातमा टिकट लिएर बसेका करिब ३० देखि ४० हजार मानिस भएको विभागका महानिर्देशक कुमार दाहालले बताए । ‘कोभिड तथा भिसा सकिएर अन्य कारणले स्वदेश फर्कन चाहने धेरै वैदेशिक रोजगारीमा रहेका मानिस स्वदेश फर्कन चाहिरहेका छन्,’ उनले भने । पछिल्लो समय कोरोना भाइरसको बढ्दो संक्रमणसँगै देशका आधा स्थानीय तहहरूले निषेधित क्षेत्र घोषणा गर्न थालेको र क्वारेन्टाइनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएकाको अवस्थालाई मध्यनजर गरेर कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले उद्दारका उडानहरू रद्द गर्न निर्देशन दिएको हो ।
यसैबीच श्रम अवधि सकिएर नेपाल फर्कन चाहने, तर लकडाउका कारण विदेशमा बस्न बाध्य भएका ३५ हजार नेपाली अलपत्र परेका छन् । नयाँ श्रम स्वीकृतिमा गएका तथा पुनः श्रम स्वीकृतिमा गएका तर, कोभिडका कारण रोजगारी गुमाएका ८ लाख नेपाली विदेशी भूमिमा अलपत्र परेका छन् । यी बाहेक भिजिट भिसामा जाने तथा अवैधानिक तरिकाले विदेशमा बसेका नेपालीको जमात पनि करिब ३५/३६ हजारको हाराहारीमा छन् । अब उडानै रद्द भएपछि विदेशी भूमिमा अलपत्र परेका तथा स्वदेश फर्कन चाहने नेपालीलाई कसरी स्वदेश फर्काउने चिन्तामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय परेको छ ।
यता सरकारले भने उद्दार गरेर आएका नेपालीलाई होटलको व्यवस्थापनदेखि सुरक्षित रुपमा ल्याउनेसम्मको काम गर्नुपर्ने भएकाले हाललाई उडान स्थगित गरेको बताएको छ । पर्यटन मन्त्रालयले अवाश्यक व्यवस्था मिलाएर एकदुई दिनमै पुनः उडान खुलाउने निर्णय पनि हुन सक्ने बताएको छ ।
नेपालबाट वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी भारतमा गएका छन् भने मलेसियामा चार लाख ६५ हजार, कतारमा चार लाख ३६ हजारभन्दा बढी रोजगारीमा रहेका छन् । साउदीमा अरेबियामा साढे तीनभन्दा लाखभन्दा बढी रोजगारीमा रहेका छन् भने युएईमा २ लाख २७ भन्दा बढी रोजगारीमा रहेका छन् ।
यो बाहेक अध्ययन, व्यापार तथा पारिवारिक भेटघाटको लागि करिब ७ लाख नेपाली विदेशमा रहेका छन् । यी बाहेक कुबेतमा साढे ८२ हजार, दक्षिण कोरियामा ३४ हजार, जापान ३४, बहराइन, अष्ट्रेलिया साढे १५ हजारलगायतका वैदेशिक रोजगारी रहेका छन् । ओमान साढे ८ हजार, इजरायल साढे तीन हजार, लेबनानमा ८ सयभन्दा बढी वैदेशिक रोजगारीमा रहेका छन् । त्यसैगरी अन्य देशमाा एक लाख ३५ हजारभन्दा बढी वैदेशिक रोजगारीमा रहेका छन् ।
सोह्र लाख नेपाली स्वदेश फर्कने तयारी लाख नेपाली स्वदेश फर्कने तयारी
आर्थीकसंसार संवाददाता०२ भदौ, २०७७
०२ भदौ, २०७७- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम