News Portal

  • जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित

    आर्थीकसंसार संवाददाता२४ वैशाख, २०७८
    ४२० पटक
    २४ वैशाख, २०७८

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा स्थगित भएको छ । कम्पनीको बैशाख २४ गते अपरान्ह साढे २ बजे बसेको सञ्चालक समितिको ४२औं बैठकको सभा स्थगित गर्ने निर्णय गरेको हो ।
    बैठकका अनुसार हाल संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि सञ्चालन गर्न नपाइने र १५ जनाभन्दा बढी भेला नहुने निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारण सभा स्थगित गरिएको हो ।
    यससँगै कम्पनीले अर्काे सूचना जारी नभएसम्मको लागि सभा स्थगित गरेको जानकारी गराएको छ । कम्पनीले आगामी बैशाख २६ गतेका दिन साधारणसभा आह्वान गरेको थियो ।
    वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन कार्यक्रम रहेको हुँदा निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारी दर्ता भएसम्मको निर्वाचन प्रक्रियालाई यथावत राखी बाँकी रहेको निर्वाचन सम्वन्धित मतदान कार्यक्रमसमेत स्थगित गरिएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्