काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडलाई दुई सय प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले समृद्धि फाइनान्सलाई १ बराबर २ को अनुपातमा रू. ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको हकप्रद शेयर विक्री भदौ २ गते अनुमति दिएको हो ।
कम्पनीले यो हकप्रदका लागि गत फागुन २३ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । यो हकप्रद विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीको हकप्रद शेयरलाई इक्रा नेपालले कमजोर आधारको संकेत गर्ने ग्रेड ५ रेटिङ प्रदान गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी रू. १८ करोड १९ लाख ८० हजार रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले दुई सय प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । २०७६ साल साउन १५ गते समस्याग्रस्त संस्थाबाट फुकुवा भएको यस कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले रू. ३ करोड ३८ लाख ८३ हजार खुद नाफा गरेको छ । त्यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ६६ लाख ५ हजार रहेको छ ।
समृद्धि फाइनान्सलाई हकप्रद शेयर विक्री गर्न बोर्डको अनुमति
आर्थीकसंसार संवाददाता३ भदौ, २०७७
३ भदौ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने