News Portal

  • एनएमबि बैंकको ६१ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२३ वैशाख, २०७८
    ९५५ पटक
    २३ वैशाख, २०७८

    काठमाडौं । एनएमबि बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भीर रोगहरुविरुद्ध प्रदान गरिने बीमा दाबी भुक्तानी दुर्धटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ ।
    बैंकको सहारा बचत खाताअन्तर्गत हालसम्म देशैभरीबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा ६१ लाख ३ हजार ८४१ बीमा दाबी भुक्तानी भइसकेको छ । बैंकले उक्त भुक्तानी इन्स्योरेन्स पार्टनर शिखर इन्स्योरेन्समार्फत गरेको हो ।
    आफ्नो स्थापनाकालदेखि नै ग्राहक केन्द्रीत भएर काम गरिरहेको यस बैंकले ग्राहकलाई उच्च बिमा कभरेज र भविष्यका अनिश्चितताको विरुद्घ संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ ।
    बैंकको तलव खाता योजनामा शुन्य मौज्दातमै नेपालभरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम कार्डको साथै सात लाखसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपालभरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, कार्ड दश लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।
    बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, विस्तारित सेवा तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहक माझ सेवा पुर्याउँदै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू रहेका छन् ।

    प्रतिकृया दिनुहोस्