News Portal

  • जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता२३ वैशाख, २०७८
    ९१३ पटक
    २३ वैशाख, २०७८

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ४९.४० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
    समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ३६११ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३६११ रुपैयाँबाटै सुरु हुने छ ।
    यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५३९५ रुपैयाँमा किनबेच भएको थियो ।
    बुटवलमा केन्द्रीय कार्यालय रहेको संस्थाको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ४९.४ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ११ करोड ८३ लाख रुपैयाँ नाघ्ने छ । हिजो अर्थात बैशाख २२ गते मात्रै कम्पनीको बजार पुँजीकरण ४ अर्ब २७ करोड रुपैयाँ थियो ।

    प्रतिकृया दिनुहोस्