News Portal

  • रिलायन्स फाइनान्सको प्रस्तावित लाभांश पारित

    आर्थीकसंसार संवाददाता२२ वैशाख, २०७८
    ३८६ पटक
    २२ वैशाख, २०७८

    काठमाडौं । रिलायन्स फाइनान्सको प्रस्तावित लाभांश पारित भएको छ । बैशाख २२ गते सम्पन्न संस्थाको सभाले सञ्चालक समितिको १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।
    संस्थाको ११औं वार्षिक साधारणसभा भच्र्युअल माध्यमबाट सम्पन्न भएको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश पाउने भएका छन् ।
    हाल संस्थाको चुक्ता पुँजी ८३ करोड २४ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ९१ करोड ५६ लाख रुपैयाँ नाघेको छ ।

    प्रतिकृया दिनुहोस्