News Portal

  • नेपाल राष्ट्र बैंकद्वारा मुद्धती निक्षेपमा २ अर्ब लगानी गर्दै

    आर्थीकसंसार संवाददाता१८ बैशाख, २०७८
    ७८८ पटक
    १८ बैशाख, २०७८

    काठमाडौँ । नेपाल राष्ट्र बैंक लिमिटेडले २ अर्ब २१ लाख रुपैयाँ बराबरको रकम मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बैंकको विभिन्न कोषमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७८ साल जेठ २ गतेदेखि २०७९ साल जेठ १ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ ।
    बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ६० करोड १७ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३० करोड ३ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १० करोड १ लाख रुपैयाँ गरी कूल २ अर्ब २१ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
    बैंक तथा वित्तीय संस्थाले वैशाख २१ गते, मंगलबार दिउँसो १ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्