News Portal

  • नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने

    आर्थीकसंसार संवाददाता१७ वैशाख, २०७८
    ७६५ पटक
    १७ वैशाख, २०७८

    काठमाडौं । नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्सलाई रोजेको छ । बैंक र युनाइटेड फाइनान्सबीच प्राप्तिका लागि सम्झौता पनि भइसकेको छ । आज बैंक र फाइनान्सबीच प्राप्तिका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
    नबिल बैंकको तर्फबाट मर्जर÷प्राप्ति कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर÷प्राप्ति कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
    युनाइटेड फाइनान्स प्राप्तिपछि नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत र सबै सञ्चालक अहिलेकै कायम रहने समेत समझदारी बनेको छ ।
    नबिल बैंक र युनाइटेडबीच केही समय अगाडिदेखि मर्जर÷प्राप्तिको विषय चल्दै आएको थियो । तर, नबिलले युनाइटेडसँग यसबारे कुनै छलफल नभएको बताउँदै आएको थियो ।
    नबिल बैंकका केही प्रमोटर युनाइटेड फाइनान्सको प्रमोटर पनि छन् । यी दुई संस्थाबीच क्रस होल्डिङ देखिएकाले एक्वीजीसनको अनुमान गरिएको थियो । यी दुई संस्थाबीच मर्जरको लागि सम्झौता भएसँगै नबिल बैंकले युनाइटेड फाइनान्सलाई ३५ रुपैयाँको दरले प्राप्ति गर्ने समझदारी बनेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्